३ जेठ । रसियामा जारी २१ औ संस्करणको विश्वकप फुटबलमा डेनमार्कले पेरुलाई पराजित गरेको छ । हिजो भएको समूह सी अन्तर्गतको दोस्रो खेलमा डेनमार्कले पेरुलाई १–० पराजित गरेको हो ।
डेनमार्कका लागि युसुफ पुल्सेनले एक गोल गरे ।
पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन कुयभामाथि फल भएपछि पेनाल्टी दिइएको थियो । भिडियो एसिस्टेन्ट रेफ्रीमार्फत निरीक्षण गरेपछि दक्षिण अमेरिकी टिम पेरुले सो अवसर पाएको थियो । तर कुएभाले पेनाल्टी बारभन्दा माथि प्रहार गरे ।
५९ औं मिनेटमा डेनमार्कले अग्रता लियो । क्रिष्टियन इरिक्सनको पासमा युसुफ पउलसेनले गोल गरे ।
जितसँगै डेनमार्कले ३ अंक पाएको छ । समूह ‘सी’मा फ्रान्स र डेनमार्कको समान ३ अंक भएको छ । पेरु र अस्ट्रलिया अंक बिहिन छन् । (एजेन्सी)
Comments