२९ जेठ । बेल्जियमले विश्वकप अघिको आफ्नो अन्तिम अभ्यास खेलमा जित हासिल गरेको छ । ब्रसेल्समा भएको अभ्यास खेलमा बेल्जियमले कोष्टारिकालाई ४–१ गोलले हराएको हो ।
बेल्जियमका लागि लुकाकुले २ गोल गरे । उनले खेलको ४२औं र ५०औं मिनेटमा गोल गरेका थिए । त्यस्तै द्रिस मिर्तेन्स र मिची बटसुवाइले एक एक गोल गरे । कोष्टारिकाका लागि ब्रायन रुइसले गोल गरेका थिए ।
विश्वकपमा समूह जी मा रहेको बेल्जियमले पहिलो खेल १८ जुनमा पानामासँग खेल्नेछ । २३ जुनमा ट्युनिसिया र २८ जुनमा इङल्यान्डको सामना गर्नेछ ।
यस्तै समूह इ मा रहेको कोष्टारिकाले बलियो प्रतिस्पर्धि ब्राजिल, स्वीट्जरल्याण्ड र सर्वियाको सामना समूह चरणमै गर्नेछ । (एजेन्सी)
बेल्जियमले कोष्टारिकालाई हरायो
0
Share.
Comments