कोरियाली भाषा परीक्षामा ८२ हजार सहभागी

भक्तपुर न्यूज

२६ जेठ २०७५ ४:१२

कोरियाली भाषा परीक्षामा ८२  हजार सहभागी

काठमाडौं ।  गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा (आज) शनिबारदेखि शुरु भएको छ । उक्र परीक्षा )भोली) आइतबारसम्म हुने इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षामा ८२ हजार २६४ परीक्षार्थी सहभागी हुने इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

परीक्षा लिन कोरियाबाटै ६३ जनाको विज्ञ टोली नेपाल आइसकेका छन् । बिहान १० बजेदेखि पहिलो चरण र अपराह्न २ बजेदेखि दोस्रो चरणमा सञ्चालन हुने परीक्षामा परीक्षार्थी तोकिएको समयभन्दा एक घण्टा अगावै उपस्थित नभए परीक्षामा सहभागी हुन नपाइने खनालले बताए ।

काठमाडौँमा १६, ललितपुरमा आठ र पोखरामा चार परीक्षा केन्द्र रहने छन् । परीक्षाको जिम्मा मात्र भाषा केन्द्रले लिएको छ भने परीक्षापछि उत्तरपुस्तिका कोरियाबाटै जाँच भई छनोटको काम हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *