क्षमा गर्ने पूर्ण अधिकार आफैमा रहेको डोनाल्ड ट्रम्पको दावी

भक्तपुर न्यूज

२२ जेठ २०७५ ७:३७

क्षमा गर्ने पूर्ण अधिकार आफैमा रहेको डोनाल्ड ट्रम्पको दावी

२२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने सम्पूर्ण अधिकार आफूमा निहित रहेको बताएका छन्। तर, गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने ट्रम्पको तर्क छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै कानूनविदहरूले आफूलार्इ क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफैमा निहित रहेको बताएको तर आफूले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने भन्दै ट्विट गरेका थिए।राष्ट्रपति ट्रम्पका वकील रूडी गिलानीले अमेरिकी कानूनले राष्ट्रपतिलाई क्षमा याचना गर्ने शक्तिको व्यवस्था गरेको तर त्यसो गर्दा कठीन राजनीतिक जटिलता देखिने बताए।

रूसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेका विशेष अधिकारी रोवर्ट मुलरलाई लेखिएको पत्रमा राष्ट्रपतिका वकीलहरूले ट्रम्पले राष्ट्रप्रमुखका रूपमा चाहेमा उनले अनुसन्धानलाई खारेज गर्न वा क्षमा याचना गर्न सक्ने बताइएको छ। एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय