वडाअध्यक्ष थापाका एक बर्ष : ९० प्रतिशत निर्माण पुरा
भक्तपुर, २० जेठ । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विकाश निर्माणको कार्यमा प्रतिस्पर्धा चलेको छ । सुर्यविनायक नगरपालिकाले निर्वाचन पछिको एक बर्षका लागि विनियोजन गरेको निर्माण बजेटमा नगरपालिकाको वडा नं ८ ले उल्लेख्य प्रगती गरेको पाइएको छ ।
अध्यक्ष किरण थापाका अनुसार नगरपालिकाबाट एक वडाका लागि भनेर आएको बजेटमध्ये ९० प्रतिशत काम तोकिएकै समयमा पुरा भैसकेको छ । उनले भने ‘सडक, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत सबै क्षेत्रमा विनियोजित रकमको काम समयमा सक्ने सबै जान सक्रिय भएर लागेका छौं ।’
भक्तपुरको सूर्यविनायक नगरपालिकाको वडा नम्बर ८ का वडाअध्यक्ष थापाले नगरपालिकाले विनियोजित गरेको बजेटको करिब ९० प्रतिशत विकाश बजेटको काम सम्पन्न भएको बताएका छन् । नगरपालिकाले शिक्षा नियमावली पास गरेकाले कक्षा १ देखि ३सम्म अग्रेजी माध्यमा पढाउन सुरु भएको उनले जानकारी दिएका छन् ।
शान्ति निकेतन स्कुलको वरपर जमिन कम र विद्यार्थीको पढाईमा बाधा पुग्ने गरेकाले भएकाले केही पर सारेर विद्यालय भवन निर्माणाधिन अवस्था रहेको अध्यष थापाले बताए । वडा कार्यालयदेखि दोरलाङ्गसम्मको १ दशमलव ५ किमी सडक ६ मिटर चौडाई भएको सडक कालोपत्रे गरिएको, घ्याम्पे डाडाँदेखि पार्टी भज्याङ्ग हुदैं नैचाल आशापुरीसम्म ६ किलोमिटर सडक नयाँ सडक बिस्तार भएको थापाले जानकारी दिए ।
११ करोड ५७ लाखमा डोलिडारको सहयोगमा पलासेँदेखि डोलेश्वरसम्म करिब ३ ५ किलोमिटर सडक बिस्तार भइरहेको वडाअध्यक्ष थापाको भनाई छ । उनले आफुलाई जनताले मत दिएर जिताएकाले पाँच वर्षभित्र जनचाहना अनुसार कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । एक वर्षको समयमा आफुबाट भएका गल्ती कमिकम्जोरी देखाइदिन समेत अध्यष थापाले पत्रकार र नागरिक समाजलाई आग्रह गरेका छन् ।
