प्रदेश र प्रवास एकीकरणका लागि नेकपाको कार्यदल

भक्तपुर न्यूज

१८ जेठ २०७५ ५:३७

प्रदेश र प्रवास एकीकरणका लागि नेकपाको कार्यदल

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एकीकरण घोषणा भएको एक महिनापछि प्रदेशदेखि प्रवाससम्मको एकीकरणका लागि अन्तरपार्टी निर्देशिका तयार पारेको छ। निर्देशिका अनुसार प्रदेश, जिल्ला, प्रवास तथा अन्य जनवर्गीय संगठनको समेत एकीकरणका लागि कमिटी गठन भएका छन्। कमिटीमा तत्कालीन एमाले र माओवादी दुबैतर्फका नेताहरूको समान प्रतिनिधित्व रहेको छ।

निर्देशिका अनुसार प्रदेश तहमा एकीकरण गर्नका लागि सातवटै कमिटी बनेका छन्। यस्तै, प्रवासका लागि एक कमिटी बनेको छ। जिल्लाको हकमा हाल कायम रहेका अध्यक्ष र इञ्चार्ज समेत सदस्य सिफारिस समितिमा प्रतिनिधित्व गर्नेछन्। तीन महिनाभित्र एकीकरणका काम सक्ने लक्ष्य लिइएको छ। विधान र राजनीतिक प्रतिवेदन भने दुई अध्यक्षले टुङ्गो लगाउने छन्। यसअघि एकता संयोजन समितिले दिएको प्रतिवेदन समेतका आधारमा १५ दिनमा उक्त काम सक्ने तयारी छ।

प्रदेशस्तरमा पार्टी एकीकरण र सांगठनिक संरचना निर्धारणका लागि सात टोली गठन भएका छन्। जसमा प्रदेश १ मा तत्कालीन एमालेबाट भीम आचार्य, शेरधन राई रहेका छन्। तत्कालीन माओवादी केन्द्रबाट सुरेन्द्र कुमार ९राम० कार्की, र सावित्री कुमार काफ्ले रहेका छन्। यस्तै प्रदेश २ मा पनि तत्कालीन दुई दलका दुईरदुई प्रतिनिधि छन्। केन्द्रबाट गठित कमिटीमा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह रहेका छन्।

यस्तै प्रदेश ३ मा एकीकरणका लागि गठित कमिटीमा तत्कालीन एमालेबाट अष्टलक्ष्मी शाक्य र काशीनाथ अधिकारी छन्। तत्कालीन माओवादी केन्द्रबाट हितमान शाक्य र नारायण दाहाल रहेका छन्।

प्रदेश ४ मा पनि तत्कालीन दुई दलका दुईरदुई प्रतिनिधि छन्। तत्कालीन एमालेका किरण गुरुङ र जगत विश्वकर्मा तथा माओवादी केन्द्रबाट हितराज पाण्डे र हरि अधिकारी सदस्य छन्। यस्तै प्रदेश ५ मा शंकर पोखरेल, दलबहादुर राना, मणि थापा र गणेशमान पुन सदस्य रहेका छन्। कमिटीमा रहेका पोखरेल र राना तत्कालीन एमालेबाट र थापा र पुनले तत्कालीन माओवादीबाट प्रतिनिधित्व गरेका हुन्।

प्रदेश ६ को एकीकरण कमिटी पनि चार सदस्य नै छ। जसमा तत्कालीन एमालेबाट युवराज ज्ञवाली, यामलाल कँडेल रहेका छन्। माओवादी केन्द्रबाट जनार्दशन शर्मा र मायाप्रसाद शर्मा रहेका छन्। प्रदेश ७ को कमिटीमा भीम रावल, कर्णबहादुर थापा तथा लेखराज भट्ट र लक्ष्मीदत्त जोशी रहेका छन्।

यस्तै प्रवास रहेका संगठनहरुको एकीकरणका लागि माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठसहितको कमिटी गठन भएको छ। जसमा बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठकको प्रतिनिधित्व छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय