रणवीर मङ्सिरमा आउँदै

भक्तपुर न्यूज

१७ जेठ २०७५ २:४५

रणवीर मङ्सिरमा आउँदै

काठमाडौं । फिल्म ’रणवीर’ आउँदो मङ्सिर १४ बाट प्रदर्शनमा आउने भएको छ। प्रोडक्सन फेजमा रहेको फिल्म युनिटले प्रचार कार्य शूरुसँगै रिलिज टार्गेट तय गरेको हो।

फिल्मलाई उपत्यकाको लागि स्टेसन फाइभ र मोफसलको लागि डिसीएनले फिल्म वितरण गर्नेछन्। यी दुई वितरण संस्थासँगकै छलफलपछी डेट तय गरिएको निर्माण पक्षले जानकारी दिएको हो। एक्सन , सस्पेन्स र थ्रिल मिश्रित फिल्मको छायाँकनको लागि दुई गीत मात्र बाँकि रहेको छ।

गोविन्दसिंह भण्डारीको निर्देशनमा कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायतको छायाँकन भईरहेको छ। दिपेन्द्र रेग्मी र गोमा विष्ट फिल्मका निर्मानता हुन्। प्रशान्त ताम्राकार , टिका पहारी, रवी गिरी , नरेश पौडेल ,भोलाराज सापकोटा, जीवन भट्टराई, बसन्ती भट्ट शैलेश्वरी सिंह फिल्मका अन्य कलाकार हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय