काठमाडौं, ३ जेठ । फिफाले नयाँ फिफा बरियता आज सार्बजनिक गरेको छ । सार्बजनिक गरिएको यस महिनाको नयाँ बरियतामा नेपाल २ स्थान तल झर्दै १ सय ६४ औ स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६६ औं स्थानमा थियो ।
दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा भारत ९७ औं स्थानमा यथावत छ । त्यसैगरी २ स्थान माथि उक्लिएको अफगानिस्तान १४०औं स्थानमा पुगेको छ भने माल्दिभ्स एक स्थान तल झर्दै १ सय ४८ औं स्थानमा छ । नेपालभन्दा तल रहेको भुटान १ सय ८४ औं, बङ्गलादेश १ सय ९७ औं, तथा श्रीलंका २ सय औं स्थानमा छ भने पाकिस्तान २ सय ३ औं स्थानमा यथावत छ ।
विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । यस्तै, चौथोमा पोर्चुगल र पाँचौमा अर्जेन्टिना छ । स्विजरल्याण्ड, फ्रान्स, स्पेन, चिली र पोल्याण्ड क्रमशः छैठौं, सातौं, आठौं, नवौं र दशौं स्थानमा छन् ।
वरियतामा सबैभन्दा राम्रो सुधार एसियाली राष्ट्र कुवेतले गरेको छ । कुवेत १६ स्थान माथि चढ्दै १ सय ६० औं स्थानमा पुगेको छ । यस्तै अर्को एसियाली राष्ट्र प्यालेस्टाइन १३ स्थान तल झर्दै ९६ औं स्थानमा पुगेको छ ।
Comments