काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यबृद्धि गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।
यसअघि पेट्रोलको मूल्य १०८ रुपैयाँ प्रतिलिटर थियो भने डिजेल र मट्टितेलको मूल्य ९० रुपैयाँ प्रतिलिटर थियो । निगमले गरेको मूल्यबृद्धिसँगै अब पेट्रोलका मूल्य प्रतिलिटर ११० र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।
हवाई इन्धन र खाना पकाउने ग्यासमा भने मूल्यवृद्धि गरिएको छैन् ।
पेट्रोल, डिजल र मट्टितेलमा मूल्यबृद्धि
0
Share.
Comments