सुन तस्करी र हत्या मुद्दामा आजदेखि प्रतिवादीतर्फको बहस

भक्तपुर न्यूज

३० वैशाख २०७५ २:४३

सुन तस्करी र हत्या मुद्दामा आजदेखि प्रतिवादीतर्फको बहस

काठमाडौ, ३० बैशाख । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा प्रतिवादीका कानुन व्यवसायीले आइतबारदेखि अदालतसमक्ष ‘थुनछेक बहस’ सुरु गर्दैछन् । यो मुद्दाका ६३ प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जनाका तर्फबाट बहस हुने भएको हो ।

उनीहरूले इजलास नम्बर ३ का न्यायाधीश नारायणप्रसाद शर्मासमक्ष बहस प्रस्तुत गर्नेछन् । प्रतिवादीतर्फको बहस दुईरतीन दिनमा सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसपछि इजलासबाट कसलाई थुनामा राख्ने वा छाड्नेबारे आदेश हुने अदालत स्रोतले जनाएको छ । प्रतिवादीतर्फबाट बहस गर्न ८० भन्दा बढी कानुन व्यवसायीले अदालतमा नाम दर्ता गराइसकेका छन् । बहसमा सहभागी हुन काठमाडौंबाट समेत कानुन व्यवसायी आउने भएका छन् । यस्तै मोरङ, सुनसरी, झापालगायत स्थानका कानुन व्यवसायीले पनि प्रतिवादीका तर्फबाट नाम दर्ता गरेका छन् ।

यसअघि सरकारका तर्फबाट ७ जनाले जिल्ला अदालत मोरङसमक्ष बहस गरेका थिए । बिहीबार र शुक्रबार गरी दुई दिन चलेको बहसमा उनीहरूले उपलब्ध प्रमाणका आधारमा प्रतिवादीहरू कसुरदार देखिएको भन्दै थुनामै राखेर थप अनुसन्धान र कारबाही अघि बढाउन माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय