ब्रिटेन,फ्रान्स र जर्मनीले भन्याे ‘ट्रम्पको निर्णय दुःखद’

भक्तपुर न्यूज

२६ वैशाख २०७५ ५:१०

ब्रिटेन,फ्रान्स र जर्मनीले भन्याे ‘ट्रम्पको निर्णय दुःखद’

२६ बैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो मुलुक इरानसँगको एउटा अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट बाहिरिने घोषणाप्रति ब्रिटेन, फ्रान्स र जर्मनीले दुःख व्यक्त गरेका छन् । आफूहरूको सुरक्षाका लागि इरानसँगको पारमाणविक सम्झौता महत्त्वपूर्ण भएको भन्दै ब्रिटेन, फ्रान्स र जर्मनीले त्यसबाट बाहिरिने अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयप्रति दुःख व्यक्त गरेका हुन् ।
उनीहरूले अरू मुलुकले सम्झौता कार्यान्वयनलाई निरन्तरता दिँदा वाशिङटनले त्यसमा अवरोध पुर्‍याउने कदमहरू चाल्न नहुने बताएका छन् ।
युरोपेली संघ र रुसले पनि सम्झौतालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । तर मध्यपूर्वमा वाशिङटनका मुख्य साझेदारका रूपमा रहेका इजरेल र साउदी अरेबियाले अमेरिकी निर्णयको स्वागत गरेका छन् । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय