समयमै पुनर्निर्माणका कार्यहरु सम्पन्न गर्छाैं : डा. भुषाल
काठमाडौं, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुषालले समयमै पुनर्निर्माणका कार्यहरु सम्पन्न गर्ने बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटीले आज आयोजना गरेको भूकम्पको तेस्रो वर्षको स्मृती कार्यक्रममा बोल्दै उनले प्राधिकरण पाँच वर्षका लागि गठन भएको बताउँदै प्राधिकरणले विभिन्न संघसंस्थाको सहयोगमा समयमै पुनर्निर्माणका कार्यहरु सम्पन्न गर्ने बताएका हुन् ।
प्राधिकरणको प्रमुख प्राथमिकता भनेको निजी घर र साँस्कृतिक सम्पदा निर्माणगर्ने रहेको बताउँदै डा.भुषालले प्राधिकरणको समयावधि थप गर्ने पक्षमा नरहेको बताए ।
आगामी १४ महिना भित्रमा धरहराको पुनर्निर्माण कार्य सम्पन्न गर्ने बताउँदै उनले यहि जेठको पहिलो साताबाट रानी पोखरीको पुनर्निर्माण प्रक्रिया अगाडि बढने जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले न्तर्राष्ट्रिय रेडक्रस अभियानको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले पुनर्लाभमा आशातीत सफलता प्राप्त गरेको बताए ।
