घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ
महोत्तरी, १० बैशाख । राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । आज मध्यान्ह साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेका हुन ।
काफ्लेले बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै सो को ५ प्रतिशत घुस मागेको अख्तियारले जनाएको छ ।
काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
