रासायनिक अस्त्र विज्ञहरू सिरियाली नगरमा
९ वैशाख । सिरियाको राजधानी दमास्कसनजिक रहेको रासायनिक हमला भएको भनिएको स्थानको रासायनिक अस्त्रसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञहरूले अन्ततः अनुगमन गरेका छन् । रासायनिक अस्त्रको प्रयोग निषेध गर्ने सङ्गठन( ओपीसीडब्ल्यू) को एउटा टोली डुमा नगर पुगेको हो ।
अन्तर्राष्ट्रिय विज्ञको समूहले अनुसन्धानका लागि केही नमूना लिइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डोमा शहर अहिले सिरियाको सरकारी फौज रुसको नियन्त्रणमा छ । सिरिया र रुसले रसायनिक हतियारको प्रयोग गरेको आरोप लगाउँदै अमेरिका बेलायत र फ्रान्सले केही दिनअघि त्यहाँ आक्रमण गरेका थिए तर रुस र सिरियाले भने त्यसको खण्डन गरेका छन् ।
गएको अप्रिल ७ तारिखमा डोमामा भएको आक्रमणमा ४० जना भन्दा धेरैको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
