सबै उडान र अवतरण सुरु

भक्तपुर न्यूज

७ वैशाख २०७५ ६:३८

सबै उडान र अवतरण सुरु

काठमाडौं, ७ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान र अवतरण सुरु भएको छ । झण्डै १३ घण्टा अबरुद्ध भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान समेत सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ ।
उडान भर्ने क्रममा हिजो राति विमान धावनमार्गभन्दा बाहिर चिप्लिएर घाँसे मैदानमा पुगेको मालिन्दो एयरको विमानलाई अहिले मैदानबाहिर तानिएको छ । विमान धावनमार्गबाट चिप्लिएपछि उडान र अवतरण अवरुद्ध भएको थियो । दुर्घटना हुनबाट जोगिएको विमानलाई तानेर पार्किङस्थलमा ल्याएपछि सबै उडान र अवतरण सुरु भएको हो । १३ घण्टासम्म विमानस्थल अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय