७ बैशाख । इंग्लिश प्रिमियर लिग फुटबलमा साबिकको विजेता चेल्सीले जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई २–१ ले पराजित गरेको हो ।
बर्नलीको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि भिक्टोर मोसेसले एक गोल गरे । बर्नलीका केभिन लङले आत्मघाती गोल गरे । बर्नलीका लागि एश्ले बर्नेसले एक गोल गरे ।
जितसँगै चेल्सीले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ । लिगको पाँचौ स्थानको चेल्सीले ३४ खेलबाट ६३ अंक जोडेको छ । ५२ अंक जोडेको बर्नली लिगको सातौं स्थानमा रहेको छ । लिग विजेता म्यानचेस्टर सिटी ८७ अंक रहेदा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७४ अंक छ । यस्तै लिगको तेस्रो स्थानमा लिभरपुल र चौथो स्थानमा टोटनह्याम रहेको छ ।
प्रिमियर लिग अन्तर्गत राति लेष्टर सिटी र साउथह्याम्पटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । (एजेन्सी)
चेल्सीको जित, शीर्ष चारको सम्भावना कायम
0
Share.
Comments