बैशाख ९ मा एकता घोषणा नहुने

भक्तपुर न्यूज

४ वैशाख २०७५ १०:५९

बैशाख ९ मा एकता घोषणा नहुने

काठमाडौ‌ं, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको पार्टी एकीकरणको सम्भावना लगभग समाप्त भएको छ । यसअघि २२ चैतको पार्टी एकता संयोजन समिति बैठकले बैशाख ९ गते लेनिन जयन्तिको दिन गर्ने भनिएको पार्टी एकताको तयारि नपुगेकाले त्यसदिन एकता घोषणा नहुने नेताहरुले बताएका छन् ।

आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारि नपुगेको ठहर गरेको छ । बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘अध्यक्षहरुले विवाद टुंग्याएपछि बस्ने अर्को बैठकले एकताको मिति तय गर्नेछ ।’ श्रेष्ठले एकताको मिति अर्को बैठकले तय गर्ने भन्नुको अर्थ यसअघि तोकिएको मितिमा एकता हुन नसक्ने निश्चित भएको भन्ने नै हो ।

एएमाले महासचिब इश्वर पोखरेलले दुई पार्टीको एकता हुनेमा कुनै शंका नरहेको बताएका छन् । ‘अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन’ महासचिब पोखरेलले भने, ‘दुवै पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा फरक अभ्यास गरेको छ, अब पार्टी एकतामा पनि फरक अभ्यास हुन्छ, पार्टी एकतामा यतिउति प्रतिशत भन्नेमा हामि अड्कनेछैनौ ।’

आजको बैठकले पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय