करेन्ट लागेर १ को मृत्यु, ८ घाइते

भक्तपुर न्यूज

४ वैशाख २०७५ ५:२२

करेन्ट लागेर १ को मृत्यु, ८ घाइते

काठमाडौं, ४ बैशाख । धादिङको थाक्रे गाउँपालिका महादेवबेसीमा आज बिहान पानी तान्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु हुनेका स्थानीय टिकीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय खानीखोलाले दिएको जानकारी अनुसार, ८ जना घाइतेमध्ये ३ को अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।
प्रहरीले घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय