२ बैशाख । जर्मन च्याम्पियन बार्यन म्यूनिखको नयाँ प्रशिक्षकमा क्रोएशियाली निको कोभाक अनुबन्ध भएका छन् । नयाँ सिजनसँगै उनले वर्तमान प्रशिक्षक जुप हेनेक्सलाई प्रतिस्थापन गर्नेछन् ।
बार्यनका अनुसार कोभाकसँग उसले ३ वर्षको सम्झौता गरेको छ । ४६ वर्षीय कोभाकले खेलाडी छँदा लामो समयसम्म बुण्डेसलिगा खेलेका थिए । उनले सन् २००१ देखि ००३ सम्म बार्यनबाट पनि खेलेका थिए । समाचारहरुमा जनाइएअनुसार उनले बार्यनसँग २.५ मिलियन डलरको सम्झौता गरेका छन् । (एजेन्सी)
बार्यन म्यूनिखको नयाँ प्रशिक्षकमा कोभाक अनुबन्धित
0
Share.
Comments