एकतालाई सानातिना विवाद र समस्याले अवरुद्ध नपार्ने : नेम्वाङ
झापा, २९ चैत । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले एमाले माओवादी एकतालाई सानातिना विवाद र समस्याले अवरुद्ध नपार्ने बताएका छन् ।
प्रेस चौतारी झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले दुवै पार्टीको नेतृत्वले एकता प्रक्रियामा देखिएका सानातिना मतभेदलाई सहजै टुंग्याउने बताए ।
“हिजोका जश अपजश आपसमा स्वीकारेर पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” नेम्वाङले भने,– “वैशाख ९ भित्रै पार्टी एकता हुन्छ । यसमा अब कुनै सन्देह र दुविधा छैन ।”
चुनाव चिह्न र ‘जनयुद्ध’ शब्दका विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्दै नेता नेम्वाङले भने, “दुवै पार्टीका चुनाव चिह्न सम्पत्ति हुन् । सहमतिका आधारमा तिनको प्रयोग र व्यवस्थापन हुन्छ । हिजोका उपलब्धिलाई दुवै पार्टीले आत्मसात् गरेको विषय हो ।”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
