दुई दिनमा १ हजारले बढ्यो सुनको मूल्य
भक्तपुर, २९ चैत । आज पनि सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रति तोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि ५ सयले बढेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि ५ सयले बढेर प्रति तोला ५८ हजार ६ सयमा कारोबार भईरहेको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ५ रुपैयाँले बढेर ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
