मन्त्रीको घरमा चोरी

भक्तपुर न्यूज

२४ चैत २०७४ ६:०६

मन्त्रीको घरमा चोरी

काठमाडौं २४चैत । एमाले नेता एवं प्रदेश नम्बर–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको काठमाण्डु स्थित बौद्ध महाँकाल घरमा चोरी भएको छ । स्थापितको घरमा हिजो चोरी भएको हो ।

ढोकाको ताला फुटाएर स्थापितको घरमा चोरी भएको प्रहरीले जनाएको छ । स्थापितको घरबाट सुन, चाँदी, लत्ताकपडा तथा इलेक्ट्रोनिक सामानसहित खाद्यान्नसमेत चोरी भएको प्रहरीले जनाएको छ । चोरी घटनामा संलग्न रहेको आशंकामा एक जनालाई पवक्राउ गरिएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय