महिलाको शव बोरामा फेला पर्‍याे, तीन पक्राउ

भक्तपुर न्यूज

२१ चैत २०७४ ५:३१

महिलाको शव बोरामा फेला पर्‍याे, तीन पक्राउ

काठमाडौं, २१ चैत । महोत्तरीको मटिहानी नगरपालिका ४ मा एक महिलाको हत्या गरेर फालेको अवस्थामा शव भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको नाम भने खुलाइएको छैन् ।
हत्या गरी जुटको बोरामा राखेर फालिएको शव मटिहानी नगरपालिका २ बस्ने ३० वर्षकी पुनमदेवी दासको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जनकपुर–मटिहानी सडकखण्डमा गएराति १ बजेतिर सडक किनारमा जुटको बोराभित्र राखेर फालिएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा शरीरको केही भाग जलेको छ ।
परिवारले हिजो दिउँसो ४ बजे पुनमदेवी हराएको भन्दै स्थानीय प्रहरी चौकीमा जानकारी गराएका थिए । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीको विशेष टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय