बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर न्यूज

१९ चैत २०७४ ७:१६

बढ्यो सुनचाँदीको मूल्य

भक्तपुर, १९ चैत । आज सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रति तोला ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज १ सयले बढेर ५७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुन पनि १ सयले बढेर प्रति तोला ५७ हजार ६ सयमा कारोबार भईरहेको छ ।

त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय