अन्ततः अस्थाई शिक्षकको परीक्षा स्थगित

भक्तपुर न्यूज

१७ चैत २०७४ ४:१८

अन्ततः अस्थाई शिक्षकको परीक्षा स्थगित

काठमाडौं, १७ चैत । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि चैत २३ गते तोकिएको परीक्षा स्थगित गरेको छ ।  एक विज्ञप्ति जारी गर्दै आयोगले उक्त परीक्षाा स्थगित भएको सुचना जारी गरेको हो ।

यसअघि आयोगले अस्थायी शिक्षक ९प्राथमिक, निम्न माध्यामिक र माध्यामिक तहको परीक्षा चैत २३ गते दिउँसो १ बजेका लागि तोकेको थियो । आयोगको यो निर्णय विरुद्ध विभिन्न विद्यार्थी संगठनहरु र शिक्षक संगठनहरुले विरोध गर्दै आएका थिए ।

आयोगले लिने उक्त परीक्षा स्थगित गर्न माग गर्दै  तीन ठुला विद्यार्थी संगठनले बृहत प्रदर्शनसहित शैक्षिक हड्ताल घोषणा गरेका थिए । विभिन्न संगठनहरुको चर्को विरोधकै बीच आयोगले परीक्षा स्थगित भएको सुचना जारी गरेको छ । आयोगले परीक्षा स्थगितबाट पर्न गएको असुविधाप्रति गहिरो दुःख समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *