नयाँ शैक्षिक सत्रमा पाठ्य पुस्तकको अभाव नहुने : विभाग

भक्तपुर न्यूज

१५ चैत २०७४ १२:१५

नयाँ शैक्षिक सत्रमा पाठ्य पुस्तकको अभाव नहुने : विभाग

भक्तपुर, चैत १५ गते । आगामी नयाँ शैक्षिक सत्रमा बालबालिकाहरुलाई पाठ्य पुस्तकको अभाव नहुने भएको छ । शिक्षा विभागले आज पत्रकार सम्मेलन गरी पाठ्य पुस्तक अभाव नहुने स्पष्ट गरेको हो ।

कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३३ लाख पाँच हजार ६१४ जना विद्यार्थीका लागि निजी मुद्रकले र कक्षा ६ देखि १० सम्मका लागि एक करोड ९२ लाख ३९ हजार ६५६ थान पाठ्य पुस्तक जनक शिक्षाले छपाइ गरी वितरण गर्ने तयारी भइरहेको छ ।

विभागले पाठ्य पुस्तक अभाव हुन नदिनका लागि मुद्रक र वितरकबीच समन्वय गरिरहेको विभागका उपनिर्देशक देवीराम अर्यालले जानकारी दिए । चैत २५ गतेसम्म मुद्रक र वितरकले सबै जिल्लामा पाठ्य पुस्तक पु¥याइसक्नुपर्ने छ । यसका लागि विभागले क्षेत्रिय तथा जिल्ला अनुगमन समितिको बैठक राख्न दिर्नेशन दिएको छ । स्थानीय तह लगायत सबै सरोकारवालाहरुलाई मन्त्रालय मार्फत चैत २५ गतेभित्र अपिल जारी गर्ने तयारी विभागले गरेको छ ।
सरकारले यसअघि विद्यार्थीहरुको पूर्वानुमान गरी दुई अर्ब २२ करोड २२ लाख २२ हजार रुपियाँ निःशुल्क पाठ्य पुस्तक शिर्षकमा ७५३ स्थानीय तहको खातामा बजेट पठाइसकेको अर्यालले बताए ।
शिक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले विद्यार्थी टिकाउ र सिकाइ उपलब्धीलाई सुरधार कार्यक्रममा लागि निःशुल्क पाठ्य पुस्कत वितरण, छात्रवृत्ति वितरण, दिवा खाजा कार्यक्रम अभिभावक शिक्षा अभियान सञ्चालनलाई निरन्तरता दिने भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *