२५ फागुन । युरोपा लिग अन्तर्गत प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको छ । आर्सनलले इटालियन क्लब एसी मिलानको मैदानमा घरेलु टिमलाई २–० ले हराउँदै क्वाटरफाईनलमा पुग्ने सम्भावना बलियो बनाएको हो ।
आर्सनलका लागि हेन्रिक मख्तरियान र आरोन राम्सेले एक–एक गोल गरे ।
लगातार चार खेलको पराजयको श्रृंखला रोक्दै आर्सनलले मिलानलाई हराउन सफल भएको हो ।
युरोपा लिग फुटबलअन्तर्गत प्रि–क्वाटरफाईनल पहिलो लेगका अन्य खेलहरुमा स्पेनको एथ्लेटिको मड्रिडले रुसको लोकोमोटिभ मस्कोलाई ३–० ले, फ्रान्सको लियोंले रुसको सिएसकेए मस्कोलाई १–० ले, फ्रान्सको मार्सेले स्पेनको एथ्लेटिक बिल्बाओलाई ३–१ ले तथा अष्ट्रियाको आरबी साल्जबर्गले जर्मनीको बोरुसिया डर्टमण्डलाई २–१ ले हराएका छन् । ईटालीको लाजियो र युक्रेनको डाईनामो किभले भने २/२ गोलको बराबरी खेलेका छन् । (एजेन्सी)
आर्सनलले एसी मिलानलाई हरायो
0
Share.
Comments