गैसस महासंघ भक्तपुरको अध्यक्षमा बजगाँई

भक्तपुर न्यूज

२३ फागुन २०७४ ४:०७

गैसस महासंघ भक्तपुरको अध्यक्षमा बजगाँई

भक्तपुर, २३ फागुन । गैरसरकारी संस्था (गैसस) महासंघ जिल्ला शाखा भक्तपुरको छैठौ जिल्ला अधिवेशनले सोम शर्मा बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । शाखाको छैठौ जिल्ला अधिवेशन एवं १५ औ वार्षिक साधारणसभाले उपाध्यक्षमा जयराम थापा, सचिवमा नारायणप्रसाद न्यौपाने, कोषाध्यक्षमा पहलमान श्रेष्ठ, र सहसचिवमा अनिता पाण्डेलाई सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरि सदस्यहरुमा रमेश गिरी, लीला श्रेष्ठ, प्रकाश सायजू, शान्ता मैनाली चूडाल, सूर्यबहादुर बुढाथोकी, शारदा पन्त र राजेन्द्र खड्गीलाई चयन गरेको छ । सल्लाहकारहरुमा बरिष्ठ अधिवक्ता दुर्गामोहन श्रेष्ठ, जुना बस्नेत र शुसिला सुवेदीलाई चयन गरेको छ ।

त्यसैगरि संस्थाले शान्ता मैनाली चूडालको संयोजकमा सूचना तथा संचार उपसमिति गठन गरेको छ भने महिला समितिमा लीला तिमिल्सिना र जनशक्ति परिचालन एवं व्यबस्थापन उपसमिति सदस्यमा कृष्णगोपाल त्वायनालाई चयन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय