२१ फागुन । ला लिगामा शिर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडलाई हराएको छ । गएराति भएको खेलमा बार्सिलोनाले एथ्लेटिकोलाई १–० ले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले २६ औं मिनेटमा मेस्सीको गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोनाको २७ खेलबाट ६९ अंक भएको छ भने एथ्लेटिकोको समान खेलबाट ६१ अंक छ । (एजेन्सी)
बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई हरायो
0
Share.
Comments