चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक

भक्तपुर न्यूज

१८ फागुन २०७४ ९:४३

चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक

काठमाडौं, १८ फागुन । नेपाली चलचित्र ‘शत्रु गते’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको दोस्रो निर्देशन रहेको चलचित्र ‘शत्रु गते’को ट्रेलर आज सार्वजनिक भएको हो । निर्माण पक्षले सिनेमाको सिनेमा प्रदर्शन हुनुभन्दा २० दिन अगाडि ट्रेलर सार्वजनिक गरेको हो ।
शत्रुहरुलाई पराजय गर्ने विशेष एकदिनलाई मुख्य विषय बनाईएको चलचित्र ‘शत्रु गते’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, शिवहरि पौडेल, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा, बसुन्धरा भुषाल, रमेश रन्जन झा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा रहेको छ । पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् । चलचित्र चैत्र ९ मा रिलिज हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *