एकमा एक फूल बडी चेकअफ

भक्तपुर न्यूज

१४ फागुन २०७४ ११:४७

एकमा एक फूल बडी चेकअफ

भक्तपुर, १४ फागुन । डा. इवामुरा मेमोरियल अस्पतालले फागु पूर्णिमाको अवसर पारेर फूल बडी चेकअफको प्याकेज ल्याएको छ । अस्पतालका ब्यवस्थापक रञ्जीत मारिखुका अनुसार भक्तपुरमा पछिल्लो समयमा देखिएको स्वास्थ्य परिक्षणका बिषयमा जानकारी लिने वातावरणको बढुवाका लागि उक्त प्याकेज ल्याएको बताए ।
पछिल्लो समयमा आफ्नो स्वास्थ्य अवस्थाको जानकारी नहुँदा अकालमै मृत्युवरण गर्नु पर्ने अवस्थालाई न्यून गर्दै स्वस्थ रहनका लागि उक्त चेकअप प्याकेज ल्याइएको हो । सल्लाघारीस्थित आफ्नै परिसरमा अस्पतालले चेकअप गराइरहेको छ । चेकअफका क्रममा रगत, दिशा, पिसाव, मृगौला, मुटु, छात्ति लगाए सम्पूर्ण शरिरको चेकअपको प्याकेज सञ्चालन गरेको छ भने, एक सदस्य चेकअपसँगै अर्को सदस्यका लागि निःशुल्क चेकअप सुबिधा सिमित अवधिका लागि सञ्चालन गरिएको मारिखुले बताए ।
उनले भने हाल परिवारका सदस्यहरुको पूर्ण स्वास्थ्य परिक्षण प्याकेज सञ्चालनसँगै परिवारका सदस्यमध्ये श्रीमान र श्रीमतीहरुले उक्त प्याकेजबाट सेवा लिइरहेको बताए । हाल सम्म उक्त प्याकेज अन्र्तगन झन्डै दुई दर्जन भन्दा बढी दम्पती लगायत अन्य सेवाग्राहीले सेवा लिई सकेको बताए । फागु पूर्णिमाको अवसरमा सिमित समयका लागि सञ्चालनमा ल्याएको एकसँगै एकको पूर्ण स्वास्थ्य परिक्षण लाभ लिन समेत उनले आग्रह गरे ।
यो सेवा लिन एक जनालाई ५ हजार ८ सय लाग्ने भएपनि अन्य एक सदस्यका लागि भने निःशुल्क सेवा दिने मारिखुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *