काठमाडौं, १३ फागुन । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा विधानलाई अनुमोदन गर्ने कार्यसूची छ ।
हिजो बसेको संसदीय दलको बैठकले पार्टीको विधान परिमार्जनसहित पारित गरेको थियो । केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया शुरु हुने एक नेताले जानकारी दिए ।
कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवासँगै महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहले आकांक्षा देखाएका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठक जारी
0
Share.
Comments