सीटीईभीटीको ३० औं बार्षिकोत्सव सम्पन्न
भक्तपुर, १३ फागुन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३० औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सीटीईभीटीको ३० औं बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै शिक्षा सचिब मधुप्रसाद रेग्मीले स्थानीय र बाह्य बजारमा बिक्न सक्ने जनशक्ति उत्पादन सीटीईभीटीका लागि चुनौति भएको बताए । उनले अब सीटीईभीटीले स्थानीय स्रोत, साधन र प्रबिधि परिचालनमा जोड दिनुपर्ने बताए । सीटीईभीटीले आवश्यकता पहिचान र म्यापिङ गरेर अघि बढ्नु पर्नेमा जोड दिंदै उनले श्रम बजार बुझेर विपन्नलाई सीपयुक्त तुल्याउने र गरिबी घटाउने तर्फ सोच्नु पर्नेमा जोड दिए ।
सचिब रेग्मीले सिटीईभीटीले सीपयुक्त जनशक्ति निर्माणका लागि क्षमता बिकास र रोजगारीलाई जोड दिनुपर्ने बताउँदै श्रम बजारमा बिक्न सक्ने र पूँजी निर्माणमा सहयोग गर्न सक्ने जनशक्ति उत्पादन गरी देशलाई समृद्घ बनाउन सीटीईभीटीको महत्वपूर्ण भूमिका रहने बताए ।
प्रा.डा.सुरेशराज शर्माले अबको समय युवा सशक्तिकरणको समय भएको बताउँदै सीटीईभीटीले सेवा प्रवाह र परिणाममा ध्यान दिनुपर्ने उल्लेख गरे । सीटीईभीटीलाई उद्योगसित जोड्नु पर्ने बताउँदै उनले त्यसका सोही अनुसारको निम्ति पाठ्यक्रम बनाउनु पर्नेमा जोड दिए । शर्माले युवालाई डिग्री मात्र दिएर सशक्तिकरण हुनु सक्दैन भन्दै सीप दक्षता दिनु पर्ने र सतप्रतिशत जाने पछि मात्र प्रमाणपत्र दिइनु पर्नेमा जोड दिए ।
सीटीईभीटीका सदस्य सचिब पुष्परमण वाग्लेले ७ वटै प्रदेशमा अधिकार सम्पन्न प्रादेशिक कार्यालय स्थापना गरी कम्तिमा एउटा नमुना प्राबिधिक शिक्षालय स्थापना गर्ने तयारी गरेको बताए । अब ७ प्रदेशमा सात वटा मोडेल पोलिटेक्निक बनाउने नीति र बजेटमा ब्यबस्था रहेको बताउँदै उनले सातै प्रदेशमा नयाँ संस्था बनाउने भन्दा पनि भएकालाई छनौट गरी सुधार गर्नुपर्नेमा जोड दिए ।
प्रशासन महाशाखाका प्रमुख रमेश बखती, फोरम फर हेल्थ एण्ड साईन्सका अध्यक्षक श्यप पौडेल, कर्मचारी संघका अध्यक्ष देबदत्त बडु लगायतले प्राबिधिक शिक्षाको एउटै मूलद्वार हुनु आवश्यक रहेकोमा जोड दिए ।
यस अवसरमा उत्कृष्ट कर्मचारी, बिद्यार्थी र सेवानिबृत्त कर्मचारीलाई पुरस्कार तथा सम्मान बितरण गरिएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४