अब १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल

भक्तपुर न्यूज

११ फागुन २०७४ ५:०३

अब १८ वटा मन्त्रालय रहने, राजनीतिक सल्लाहकारमा रिमाल

काठमाडौं ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा एमाले नेता विष्णु रिमाल नियुक्त गरेका छन् ।शुक्रबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्युरो सदस्य समेत रहेका रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मन्त्रिपरिषद बैठकले केन्द्रमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने निर्णय गरेको छ । यसअघि, एमाले माओवादीको सहमतिमा प्रधानमन्त्रीको कार्यलयसहित १८ वटा मन्त्रालय कायम गर्ने सहमति भएको थियो ।

अब हुने मन्त्रालय

१. प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय
२. गृह मन्त्रालय
३. परराष्ट्र मन्त्रालय
४. अर्थ तथा योजना मन्त्रालय
५. रक्षा मन्त्रालय
६. सूचना तथा सञ्चार मन्त्रालय
७. कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
८. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
९. भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्ययन मन्त्रालय
१०. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
११. पर्यटन तथा संस्कृति मन्त्रालय
१२. कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय
१३. महिला, समावेशीकरण तथा सामाजिक न्याय मन्त्रालय
१४. स्वास्थ्य मन्त्रालय
१५. जलस्रोत तथा उर्जा मन्त्रालय
१६. शिक्षा तथा खेलकुद मन्त्रालय
१७. मानव संशाधन, युवा, श्रम तथा रोजगार मन्त्रालय
१८. वन तथा वातावरण मन्त्रालय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय