डा.इवामुराद्वारा गर्भवती महिलालाई निःशुल्क फिजियोथेरापी

भक्तपुर न्यूज

६ फागुन २०७४ ७:३०

डा.इवामुराद्वारा गर्भवती महिलालाई निःशुल्क फिजियोथेरापी

भक्तपुर, ६ फागुन । डा. इवामुरा मेमोरियल अस्पतालले एक दिने गर्भवती महिलाहरुलाई निःशुल्क फिजियोथेरापी प्रदान गर्ने भएको छ । भोली फागुन ७ गते दिउँसो एक बजे सल्लाघारीस्थित् अस्पताल परिसरमै आयोजना गरिने उक्त सेवा प्रदान कार्यक्रम सञ्चालन हुन थालेको अस्पताल ब्यवस्थापन समिति ब्यवस्थाक रञ्जित मारिखुले जानकारी दिए ।


अस्पतालले हिजो गर्भवती महिलाहरुलाई आवश्यक पर्ने फिजियोथेरापी सम्बन्धि परामर्श समेत सञ्चालन गरिएको उनले बताए । सो कार्यक्रममा झन्डै तीन दर्जन जति सेवाग्राहीले स्वास्थ्य परामर्श लिएको मारिखुले जानकारी दिए ।
उनले भने भोली सञ्चालन हुने फिजियोथेरापीमा फिजियोथेरापिष्ट सोम प्रसाद रिमाल, साजन मानन्धर र एलिसा सितिखुले सेवा प्रदान गर्ने जानकारी दिए ।
निःशुल्क रुपमा प्रदान गरिने उक्त सेवा प्रदायिक कार्यक्रममा ढाड दुख्ने, आङ खस्ने, मासु फर्किने, पिसाब चुहिने, हात गोडा झन्झनाउने आदि ईत्यादि रोगहरु बारे फिजियोथेरापी सम्बन्धि सेवा प्रदान गरिने अस्पतालले जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *