चिकित्सकीय उपकरण अनुदान स्वरुप प्रदान गर्ने

भक्तपुर न्यूज

२४ माघ २०७४ ५:१३

चिकित्सकीय उपकरण अनुदान स्वरुप प्रदान गर्ने

भक्तपुर, २४ माघ । भक्तपुरस्थित श्रमिक महिला तथा बालबालिका कल्याण परिषद्लाई  ८५ लाख बराबरका चिकित्सकीय उपकरण अनुदानस्वरुप प्रदान गर्ने भएको छ । यहाँस्थित जापानी राजदूतावासमा आयोजित एक कार्यक्रममा उक्त दूतावासका प्रमुख शिन्या माचिदा र परिषद्का अध्यक्ष रञ्जु नापितले हस्ताक्षर गरेका छन्।

अनुदानस्वरुप प्राप्त हुने रकमबाट एक्सरे, अल्ट्रासाउण्ड, एसिजीलगायत उपकरण खरिद गरी परिषद्को स्वास्थ्य केन्द्रमा जडान गरिनेछ । एक दशकअघि स्थानीय व्याँसीमा स्थापना भएको उक्त अस्पतालले महिला तथा बालबालिकालाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *