काठमाडौं, ३ माघ । बुढालिकण्ठमा ड्रोन उडाउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत सिक्किमका २० वर्षीय टोप्तेन लामा रहेको प्रहरी जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिका–३ डेरा गरी बस्दै आएका उनले घरको छतबाट ड्रोन उडाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
लामाले दरबारमार्गस्थित राईजिङ मलबाट मनोरञ्जनको लागि भन्दै गत ८ मंसिरमा ड्रोन ल्याएको प्रहरी समक्ष बयान दिएका थिए ।
उनीमाथि थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।
ड्रोन उडाउने भारतीय नागरिक पक्राउ
0
Share.
Comments