अब राष्ट्र बैंकको सेवा शनिबार पनि
काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकले अबदेखि शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्ने भएको छ । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् । शनिबारदेखि नै उक्त नियम कार्यान्वयनमा आएको छ । अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय अबदेखि कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरिसकेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
