नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ भक्तपुरमा लामिछाने
भक्तपुर, २८ पुस । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) जिल्ला कार्य समिति भक्तपुरको तेस्रो जिल्ला अधिवेशनले सुरेन्द्र लामिछानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
भक्तपुरको सल्लाघारीमा भएको अधिवेशनले उपाध्यक्षमा कृष्ण वहादुर खत्री, महिला उपाध्यक्षमा देव्यानी अधिकारी, सचिवमा अशोक तिमिल्सिना, सहसचिवमा मीना राउत, कोषाध्यक्षमा शोभा कार्की, सदस्यहरुमा सावित्री तिमिल्सिना, निर्मला श्रेष्ठ, राकेश मानन्धर, चन्द्रमाया श्रेष्ठ र जयराम नेपाल निर्विरोध चयन गरेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
