यात्रुबहाक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एकको मृत्यु

भक्तपुर न्यूज

२४ पुष २०७४ ६:५१

यात्रुबहाक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एकको मृत्यु

काठमाडौं, २४ पुस । काठमाडौंको बाफलमा गएराति यात्रुबहाक बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बा २ ख १७८१ नंको बसको ठक्करबाट मकवानपुर घर भई हाल बाफल बस्दै आएका २२ वर्षीय विनोद गोलेको मृत्यु भएको हो ।
स्वयम्भूबाट कलंकीतर्फ जाँदै गरेको बसले बाटो काट्न लागेको अवस्थामा ठक्कर दिँदा गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय