एजेन्सी, १७ पुस । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनल बराबरीमा रोकिएको छ । गएराति अवे मैदानमा भएको खेलमा आर्सनल वेष्ट ब्रोमसँग १–१ को बराबरी रोकिएको हो ।
वेष्ट ब्रोमका जेम्स म्याक्क्लीनले आत्माघाति गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । तर अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई वेष्ट ब्रोमका जे रोड्रिग्वेजले गोलमा बदलेपछि खेल बराबरीमा सकिएको हो ।
बराबरीपछि पाँचौँ स्थानमा उक्लिएको आर्सनलको २१ खेलबाट ३८ अंक भएको छ । छैटौँ स्थानमा झरेको टोटनह्यामको ३७ अंक रहेको छ । वेष्ट ब्रोम पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ । उसको २१ खेलबाट १६ अंक भएको छ ।
आर्सनल बराबरीमा रोकियो
0
Share.
Comments