एजेन्सी, १६ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर साउथह्याम्पटनसँग गोल रहित बराबरीमा रोकिएको हो । लिगमा यो म्यानचेस्टरको लगातार तेस्रो बराबरी हो । यसअघि लेस्टर सिटी र बर्नलीसँग म्यानचेस्टर समान २–२ को बराबरीमा रोकिएको थियो ।
लगातारको बराबरीले म्यानचेस्टर युनाइटेड उपाधि होडमा घरेलु प्रतिस्पर्धी म्यानचेस्टर सिटी भन्दा निकै पछि परेको छ । साउथह्याम्पटनसँगको गोलरहित बराबरीपछि तेस्रो स्थानमा झरेको युनाइटेड शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा १४ अंकले पछि रहेको छ । युनाइटेडको २१ खेलबाट ४४ तथा चेल्सीको ४५ अंक भएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ ।
म्यानचेस्टर युनाइटेड साउथह्याम्पटनसँग गोल रहित बराबरीमा रोकियो
0
Share.
Comments