अध्यादेश बारे ओलीले यसो भने

भक्तपुर न्यूज

१४ पुष २०७४ ११:२२

अध्यादेश बारे ओलीले यसो भने

काठमाडौं १४ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गर्नु असंवैधानिक नभएको बताएका छन् । तर, अध्यादेश भने असंवैधानिक भएको उनको भनाई छ ।

नेपाल पर्वतारोहण संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अध्यादेश जारी भयो भन्ने सुनेको बताउँदै अध्यादेश जारी राम्रो रहेता पनि यो असाधारण दबावमा भएको बताए । उनले भने जे जसो भए पनि अध्यादेश आएको छ, हाम्रो असहमति छ ।

एकल संक्रमणीय मत प्रणाली अहिले पूर्ण रुपमा लागू हुन नसक्ने भन्दै उनले अध्यादेशमा प्रस्तावित व्यवस्थाको विरोध गरे । ओलीले आफूले कांग्रेस नेताहरुलाई केही सिट चाहिएको भए कुरा गरौैं समते भनेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय