एजेन्सी, १३ पुस । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कायम गरेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई १–० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी १५ मा पुर्याएको हो ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीका लागि ३१ औँ मिनेटमा रहिम स्ट्रर्लिङले गोल गरे । यो म्यानचेस्टर सिटीको लिगमा लगातार १८ औं जित हो ।
जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४३ अंक छ । १५ औँ स्थानमा रहेको न्युक्यासलको १८ अंक रहेको छ ।
लिग लिडर म्यानचेस्टर सिटीलाई १५ अंकको अग्रता
0
Share.
Comments