ताप्लेजुङमा आगलागी, तीन लाख बराबरको क्षति
ताप्लेजुङ, २७ मंसिर । हिजो बेलुका ताप्लेजुङको याङ्वरक गाउँपालिका–५ बस्ने पदमलाल तिम्सिनाको घरमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।
बेलुका करिब सवा ५ बजे अचानक भएको आगलागीबाट तिम्सिनाको फुसको छानो भएको एक तले घर, घरभित्र रहेको अन्नपात, भाँडा–वर्तन, लत्ताकपडा, गाईगोठ जलेर नष्ट हुँदा २ लाख ७८ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
आगो प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी चौकी थुम्बेदिनले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
