काठमाडौं- ३ बाट एमालेका राई विजयी
काठमाडौं, २३ मंसिर । काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई निर्वाचित भएका छन् । उनले १९ हजार १ सय ६९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटमत प्रतिस्पर्धी कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत प्राप्त गरिन्। त्यस्तै यस क्षेत्रबाट विवेकशील साझा पार्टीकी उम्मेदवार सुमित्रा सिंह लामाले २ हजार ५ मत पाइन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
