जिम्बाब्वेको विदेशमन्त्रीमा सैनिक जर्नेल मोयो नियुक्त
एजेन्सी, १५ मंसिर । जिम्बाब्वेका नयाँ राष्ट्रपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् । मनाङगाग्वाले नयाँ विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयोलाई नियुक्त गरेका छन् । यस्तै, उनले वायु सेनाका प्रमुख पेरेन्स सेरीलाई भूमि तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइएका छन् ।
३७ वर्ष सत्ता चलाएका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अघि मनाङगाग्वाले शपथग्रहण गरेका थिए ।
सरकारका एक जना आलोचक टेन्डाइ बिटीले जिम्बाब्वेको नयाँ युग शुरु नै नभर्इ समाप्त भएको प्रतिक्रिया दिएका छन् । उनले भने, “हामीले परिवर्तन चाहेका थियौँ तर अहिले हेर्दा हामी कति गलत रहेछौँ भन्ने प्रष्ट भएको छ।”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१७ असार २०८२ १२:०१