कालिकोटमा जिप दुर्घटना: ३ को मृत्यु
कालिकोट, १३ मंसिर । हिजो राति कालिकोटमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मुगुबाट सुर्खेत जाँदै गरेको लु २ च २००३ नम्बरको बलेरो जिप कालीकोटको खाँडाचक्र नगरपालिका–१ जिल्ला अस्पताल मोडमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मुगु भिइ–७ का ४५ वर्षीया जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीयका नरविक्रम मल्ल र जुम्ला चन्दनाथ–१४ कार्तिकस्वामिका यदुराज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।
घाइते मध्ये एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५