बुद्ध एयरकोे ८० लाख सहयोगमा विद्यालय बन्दै
ईटहरी, ११ मंसिर । निजी क्षेत्रको वायुसेवा कम्पनी बुध्द एयरले बेलवारीको डाँगीहाटमा ८० लाख खर्च गरेर सुविधा सम्पन्न विद्यालय निर्माण गरिदिने भएको छ ।
बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले आफ्ना पिता प्रथम निर्वाचन आयुक्त तथा पूर्वमन्त्री सुरेन्द्र बहादुर बस्नेतको चाहना बमोजिम निजी खर्चमा ८० लाखको लागतमा आठ कोठे दुई तले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिदिने भएका हुन्।
विहीबार शिलान्यास गरिएको भवनको नाम दाताको बुवा र आमाको नाममा नरवम शिवकुमारी स्मृती भवन राखिने विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष शालिग्राम बस्नेतले बताए । शिलान्यास गरेपछि बोल्दै बीरेन्द्र बस्नेतले भने,“आफ्नो हजुर बुवा र हजुरआमाको स्मृति भवनको सिलन्यास गर्न पाँउदा खुशी लागेको छ ।”
चाँडैनै आफ्ना छोरीहरुले सञ्चालन गरेको संस्था आशा फाउण्डेसन मार्फत भुकम्प प्रतीरोधि र अपांग मैत्री महिला शौचालय पनि विद्यालयमा बनाईने प्रवन्ध निर्देशक बस्नेतले बताए ।