एजेन्सी, ७ मंसिर । इंग्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले एफके क्वाराबागलाई ४–० ले हराउँदै अन्तिम १६ मा पुगेको हो ।
चेल्सीका लागि विलियनले दुई गोल र एडेन हाजार्ड र सेस्क फ्याब्रिग्यासले एक एक गोल गरे । १९ औं मिनेटमा साडिक्ओव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्वाराबाग १० खेलाडीमा सीमित भयो ।
यहि समूह अन्तर्गत राति नै भएको खेलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले १० खेलाडीमा सीमित भएको इटालियन क्लब रोमालाई २–० ले हरायो । एथ्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र केविन गामेइरोले गोल गरे । डा सिल्भा पेरेस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रोमा १० खेलाडीमा सीमित भएको थियो ।
चेल्सी अन्तिम १६ मा
0
Share.
Comments